2079-09-29
2079-09-29
नेपालको नयाँ संविधान जारी भएपछी संघियता कार्यान्वयन गर्ने क्रममा गण्डकी प्रदेशमा समेत प्रादेशिक संरचनाहरु स्थापना भएकोमा ऐतिहासिक प्रदेश सभाको २०७४ मंसिर २१ गते सम्पन्न भएको निर्वाचन पश्चात २०७४ साल माघ २८ गते प्रदेश स्तरीय पूर्वाधार सम्बन्धि नीति निर्माण, योजना तर्जुमा, भौतिक पूर्वाधारको विकास निर्माण र अनुगमन गर्ने उद्देश्यका साथ भौतिक पूर्वाधार विकास मन्त्रालयको अन्तर्गत जिल्लास्थित कार्यालयहरु स्थापना हुने क्रममा मिति 2077/005/07 गतेका दिन यस पूर्वाधार विकास कार्यालय तनहुँको स्थापना भएको हो । प्रदेश अन्तर्गत सञ्चालन हुने भौतिक पूर्वाधारका कार्यहरु यस अघि पूर्वाधार विकास कार्यालय नवलपुरले हेर्दै आएकोमा जिल्लामा नै कार्यालय स्थापना भएपछी यस जिल्लाका नागरिकहरुले सहजता महशुस गरेको पाइन्छ ।
© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, तनहुँ
Powered By: ProActive Developers